
हेटौडा । चितुवाको आक्रमणमा परि १० वर्षीया बालिकाकाे मृत्यु भएको छ । तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका २ मा चितुवाको आक्रमणबाट शुक्रबार साँझ १० वर्षीया बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय अमृत विककी छोरी अनुजा विक रहेको प्रहरीले जनाएको छ । उनि फुपु दिदीको घर जाँदै गरेको अवस्थामा चितुवाले आक्रमण गरेको प्रहरीको भनाई छ ।


सेयर गर्नुहोस्