
हेटौडा । खानेपानी , ऊर्जा तथा सिंचाई मन्त्री माननीय श्याम बहादुर खड्काले मकवानपुर जिल्ला अन्तर्गत वागमती गाँउपालिकाको विभिन्न वडाहरुका आ.व २०८१।०८२ मा संचालित चालु योजनाहरुको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्रि खडकाले सरोकारवालाहरु संग अन्तक्रिया समेत गर्रनु भएको छ साथै मन्त्रालयको तर्फबाट निर्देशन दिनु भएको छ । साथै मन्त्रि खडकाले विनियोजन भएका योजनाको प्रार्थमिकिरण यथार्थ परक नभएको बताउनु भयो । वजेट माग गर्दा अत्यावश्यक योजना , योजनाको लागत अनुमान, लाभवित जनसंख्या र योजनाले प्राप्त गर्ने थप उपलव्धि समेतलाई ध्यानमा राखी योजना छनौट गर्नु पर्नेमा जोड दिनु भयो । उहाले योजना छनौट गर्दा सकेसम्म चालु आर्थिक वर्ष भित्रै सम्पन्न हुनेगरी छनौट गर्नु पर्ने र वहु वर्षीय योजना अत्यावश्यक बाहेक राख्नु नहुनेमा जोड दिनु भयो ।
उहाले मन्त्रालय मातहतका निकायहरुलाई समेत तथ्यपरक योजना छनौट गर्न, योजनाको लागत अनुमान , डि.पि.आर., उपभोक्त समिती संगको संझौता र ठेक्का प्रकृया आ. व. को शुरुमानै अर्थात असोज मसान्त भित्रै सकी कार्तिक देखी वैशाख मसान्त सम्ममा योजना सम्पन्न गर्ने लक्ष्य लिनुपर्ने बताउनु भयो । साथै अनुगमन खानेपानी तथा सरसफाई डिभीजन नं. १ मकवानपुरका डिभीजन प्रमुख रविन श्रेष्ठ, सिंचाई विकास डिभीजन कार्यलय मकवानपुरका डिभीजन प्रमुख निर्मल दहाल , नेपाली काँग्रेसका नेता आनन्द राम पराजुली,सुशान्त श्रेष्ठ,लगाएतकाको उपस्थिति रहेको थियो ।

