
हेटौंडा । हङकङमा आयोजित चार देशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले कुवेतविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टस जित्दै नेपालले कुवेतलाई ब्याटिङको निम्तो दिँदै आफूले फिल्डिङ रोजेको हो । शनिबार खेल वर्षाले प्रभावित पारेपछि नेपाली टिम शनिबार हङकङसँग नतिजाविहीन हुँदै अंक तालिकाको शीर्षमा रहेका कारण फाइलनमा पुगेको हो ।
पहिलो दुई खेल जितेको नेपाल अपराजित रहेर ५ अंकसहित शीर्षस्थानमा थियो । दुई खेल जितेको कुवेतको ४, हङकङको ३ अंक रहयो । कुवेतले शनिबार कतारलाई ६ विकेटले पराजित गरी नेपालसँग आइतबार हुने फाइनल भेट निश्चित गरेको थियो । कतारले बनाएको १ सय २४ रनलाई कुवेतले १० ओभरमा १ सय २७ रन बनाउँदै पूरा गरेको थियो । नेपालले राउन्ड रोबिनको पहिलो खेलमा कुवेतलाई ६ विकेट र कतारलाई ८ विकेटले पराजित गरेको थियो ।


सेयर गर्नुहोस्