
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ ।सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासमा आइतबार सुनुवाइ सकिएको हो । लामिछानेको निवेदन इजलासको पहिलो नम्बरमै परेको थियो । यही चैत २२ गते उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशपछि चैत २२ गते नै प्रहरीको नियन्त्रणमा पुगेका उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।


सेयर गर्नुहोस्