
हेटौडा । हेटौडा- १७ हर्नामाडीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाईते भएका छन । हेटौडा – १७ रामधुनि चोक स्थित धरान चतारा सडक खण्डमा हेटौडा बजार तर्फ बाट फुर्केचौर तर्फ आउदै गरेको ना ४ ख ७८३३ नं को बसले ठुलोदमारबाट भोर्ले तर्फ जादै गरेको ना ६४ प ३२८९ नं। मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक हेटौडा- १७ बस्ने वर्ष -२८ को सन्तोष श्रेष्ठ घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ । घाईते श्रेठको दाहिने हात र दाहिने खुट्टामा गम्भिर चोट लागेको र उनको उपचारको लागि उपचारको लागी मकवानपुर सहकारी अस्पताल मकवानपुरमा पठाएको प्रहरीले जनाएको छ । मोटरसाइकल र बस र बस चालक ठुलोदमार मकवानपुरमा नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ


सेयर गर्नुहोस्