एक वर्षमा वैदेशिक रोजगारीका लागि बिदेसिए आठ लाख युवा

हेटौंडा टुडे
२ बैशाख २०८२, मंगलवार १५:५५

हेटौंडा । नेपाली वैदेशिक रोजगारमा शताब्दीयौँदेखि जाने गरेको इतिहास छ। केही वर्षयता नेपालमा दिनानुदिन वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ। हाल नेपालीका लागि आर्थिक लाभ र जीविकोपार्जनको महत्वपूर्ण आधार नै वैदेशिक रोजगार भएको छ। शिक्षित वा अशिक्षित अधिकांश नेपालीको गन्तव्य नै वैदेशिक रोजगारी भएको तथ्य लगभग स्थापित भइसकेको छ।

पछिल्लो एक वर्षमा आठ लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन्। २०८० वैशाख १ देखि चैत ३० गतेसम्म ८ लाख ४ हजार १ सय ३८ नेपालीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।विभागका अनुसार २०८१ मा ८० हजार ४३ महिला र ७ लाख १५ हजार ९५ पुरुष वैदेशिक रोजगारीमा गएका छन्। यसमा विदेश गएर घरबिदामा आएर फर्किने कामदारको संख्या पनि समावेश छ। २०८१ सालमा ९७ देश रोजगारीका लागि नेपाली युवा गएका छन्।

कतार, मलेसिया, साउदी अरब, कुबेत, बहराइन र कोरिया जाने युवाको संख्या उच्च छ।  राम्रो तलबसुविधा भएका देश कोरिया, मलेसिया तथा जापान जानेको संख्या वृद्धि भइरहेको छन्। ‘सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै लगेका कारण बिदेसिने कामदारको संख्या बढेको हो। केही वर्षयता युरोप रोजगारीमा जाने कामदारको आकर्षण बढ्न थालेको छ।

वैदेशिक रोजगारीमा जाने कामदार बढेपछि रेमिट्यान्स पनि बढ्न थालेको छ। विभागको तथ्यांकअनुसार चालु आवको वैशाखमा ७० हजार ६ सय ३७, जेठमा ७२ हजार ८ सय ६१, असारमा ५८ हजार ७ सय ३५, साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार ४ सय ९३ जनाले श्रम स्वीकृति लिएका थिए। यसैगरी असोजमा ५३ हजार ५ सय २५, कात्तिकमा ७० हजार ९ सय ९०, मंसिरमा ८४ हजार २ सय २६, पुसमा ६७ हजार २ सय ५८, माघमा ७२ हजार ४ सय ४१, फागुनमा ६८ हजार ९ सय ६३ र चैतमा ७० हजार २ सयजनाले श्रम स्वीकृति लिएका थिए।

त्यसैगरी पछिल्लो समय पोल्यान्ड, साइप्रस, माल्टा, क्रोएसिया, रोमानिया र बेलायत जाने नेपालीको संख्या बढिरहेको छ। २०८१ चैत ३० गतेसम्म एक लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि युरोप पुगेको विभागको तथ्यांक छ। अघिल्लो आवको तुलनामा चालु आवमा युरोपका विभिन्न प्रमुख श्रम गन्तव्य जाने नेपाली युवाको संख्या ४६ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image