यु-१९ विश्वकप एसिया छनोट: हङकङले नेपाललाई दियो ११६ रनको लक्ष्य

हेटौंडा टुडे
३ बैशाख २०८२, बुधबार १३:२२

हेटौंडा । आईसीसी यु-१९ विश्वकप एसिया छनोटमा हङकङले घरेलु टिम नेपालसामु ११६ रनको विजयी लक्ष्य पेस गरेको छ ।तल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक बनाउनुबाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् । माथुरले १ सय १६ बलमा ६३ रन जोडे । यसैगरी अर्या पञ्जवानीले १३ रन तथा वीर माथुरले १२ रन जोडे ।

बलिङमा नेपालका लागि युवराज खत्रीले ४ विकेट लिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक सफलता प्राप्त गरे ।प्रतियोगितामा नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एसिया छनोटमा बलियो दाबेदारी दिने तयारीमा छ । नेपालले यसअघि युएईलाई डिएल मेथड अनुसार ५ रनले पराजित गरेको थियो भने ओमानलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image