दुधमा मिसावट छ कि छैन थाहा पाउन सकिन्छ यी तरिकाबाट

हेटौंडा टुडे
४ बैशाख २०८२, बिहीबार १५:५१

दूध हरेक घरपरिवारको अत्यावश्यक सामाग्री हो । बिहानको चिया होस्, बालबालिकाको खाजा होस् वा कुनै मिठाईको तयारी नै गर्नु पर्ने अवस्था नै किन नहोस्, दूध बिना केही पनि चल्दैन। तर, के तपाईँले कहिल्यै परीक्षण गर्नु भएको छ कि तपाईँले दैनिक पिउने दूध शुद्ध छ कि छैन ?  अहिलेको समयमा बिना मिसावटको सामान पाउन धेरै गाह्रो हुन थालेको छ । मिसावट भएका सामानको पहिचान गर्न नसकेर हामी धेरै पटक ठगिन्छौं । मिसावटको यो युगमा घरमा दैनिक आउने दूध कति स्वस्थ्यकर छ भन्ने जान्न जरुरी भइसकेको छ । यदि तपाईँ पत्ता लगाउन चाहनुहुन्छ भने तपाईँले केही सरल तरिकाबाट नै थाहा पाउन सक्नु हुन्छ । नक्कली दुधले हाम्रो स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ । त्यसैले नक्कली अथवा मिसावटी भएको दुध पहिचान गर्न आवश्यक हुन्छ ।

चिल्लो सतहद्वारा पहिचान :

कुनै रसायन वा प्रयोगशाला परीक्षण बिना नै दूध शुद्ध छ वा छैन थाहा पाउन सकिन्छ । यसका लागि तपाईँलाई चाहिने भनेको चिल्लो सतह हो, जस्तै स्टिल प्लेट वा सिसाको टुक्रा । यस पछि सतहमा दूधको केही थोपा छोड्नु होस् । थोपाहरू कसरी बग्छन् ध्यान दिनुहोस् । यदि दूध बिस्तारै बग्छ र बाक्लो सेतो धार छोड्छ भने, दूध शुद्ध हुन्छ । यदि दूध छिट्टै बग्छ र रेखा बन्दैन भने यो पानी वा अन्य चीजहरूमा मिसावट भएको ठम्याइ गर्नुहोस् ।

शुद्ध र अशुद्ध दुध

स्वादको कुरा गर्दा शुद्ध दुध हल्का गुलियो हुन्छ भने अशुद्ध दुधको स्वादमा डिटर्जेन्ट र सोडा मिसिएकाले हल्का तितोपना आउछ ।

दुधको गन्ध

दुधलाई सुघ्नु पर्छ । यदि त्यसबाट साबुनको जस्तो गन्ध आएको छ भने त्यो दुध नक्कली अथवा मिसावट भएको दुध हो ।

नक्कली दुध कसरी चिन्ने ?

दुधलाई लामो समय राख्दा शुद्ध दुधले आफ्नो रंगमा कुनै परिवर्तन गर्दैन भने नक्कली दुध केही समयपछि पहेँलो हुन्छ ।

दुधमा डिटर्जेन्ट

दुधमा डिटर्जेन्ट मिसावट भएको छ कि भन्ने थाहा पाउनका लागि दुधको केही मात्रा एउटा काँचको शीशीमा लिने र बस्मारी हल्लाउनु पर्छ । यदि दुधमा फिज आयो भने डिटर्जेन्ट मिसिएको छ भन्ने थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image