मकवानपुरगढीमा -२ धरमपानीमा ईभी भ्यान दुर्घटना हुदा २ को मृत्यु, १४ जना घाइते

हेटौंडा टुडे
५ बैशाख २०८२, शुक्रबार ०९:१९

हेटौडा । मकवानपुरगढी गाउपालिका वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । आज बिहान १ बजेको समयमा कान्तिलोकपथमा अन्तर्गत मकवानपुरगढी -२ मा काठमाडौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बर इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती नगरपालिका ७ बस्ने १३ बर्षीया मानुसी मगरको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको र मगरको शव दुर्घटनास्थलमा तल फेला परेको जनाइएको छ । अन्य घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image