ईभी भ्यान दुर्घटना अपडेट : घाईतेहरु नामावली सहित

हेटौंडा टुडे
५ बैशाख २०८२, शुक्रबार ०९:३५

हेटौडा । मकवानपुरगढी गाउपालिका वडा नम्बर २ धरमपानीमा विद्युतीय ९इभी० भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्र ०१(००६ ख ७०७२ नम्बर इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती नगरपालिका ७ बस्ने १३ बर्षीया मानुसी मगरको ज्यान गएको मकवानपुरले जनाएका छन् । यस्तै, गाडीमा सवार रौतहट दुर्गा भवानिपुर गाउँपालिका–५ बस्ने ५५ बर्षको राम प्रकाश राउत (शरीरको बिभिन्न भागमा चोट अबस्था मध्यम), सर्लाही बरहथहवा नगरपालिका–८ बस्ने बर्ष ५२ को शिवशंकर राय (टाउको र दुबै खुट्टामा चोट अबस्था मध्यम), उनकी श्रीमती बर्ष ४५ की रिकिदेवी राय (शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम) र सर्लाही बरहथवा नगरपालिका–९ बस्ने बर्ष २७ को मनोज राय (शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम) रहेका छन् साथै उनीहरुको हेटौंडा अस्प्तालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तेस्तै  सर्लाही हरिहरपुर नगरपालिका–१ बस्ने बर्ष २७ को नवराज मगर (बाँया हात र खुट्टामा भित्री चोट अबस्था मध्यम), सोही स्थानका बर्ष १६ की प्रियंका मगर (शरिरको भित्री भागमा चोट अबस्था मध्यम), १५ बर्षको सृजन मगर (शरिरको भित्री भागमा चोट अबस्था मध्यम), ४० बर्षकी जमुना मगर (टाउकोमा चोट अबस्था मध्यम), बर्ष १९ को सुदिप रिसाल (शरिरको भित्री भागमा चोट अबस्था सामान्य), सर्लाहीको विष्णुपुर गाउँपालिका–३ मधुवनगोठ बस्ने बर्ष २७ को देवराज कुमार साह (शरिरको भित्री भागमा चोट अबस्था सामान्य) र सोही स्थानकी ४२ बर्षीया किसुनव्रर्ती साह (शरिरको बिभिन्न भागमा भित्री चोट, अबस्था मध्यम) अवस्था मध्यम छन् भने बागमती गाउँपालिका–७ बस्ने वर्ष १६ की युनिका दर्लामी मगर ((शरिरको भित्री भागमा चोट, अवस्था मध्यम) रमहोत्तरी गौशाला गाउँपालिका–५ बस्ने १६ बर्षको आदित्य छोरचंगी मगर (शरिरको भित्री भागमा चोट अवस्था मध्यम) रहेका छन् अस्पतारमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरु मध्ये ११ जना मध्यम घाइते भएका छन् भने चालक सर्लाहीको बागमती गाउँपालिका–५ बस्ने २९ बर्षका कमल बहादुर दर्लामी सहित अन्य तीनजना सामान्य घाइते भएको भएका छन् भने  घाइते चालक दर्लामीको प्रहरीको नियन्त्रणमा हेटौंडा अस्पतालमा उपचार भैरहेको छ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image