आज शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना

हेटौंडा टुडे
५ बैशाख २०८२, शुक्रबार ०९:४७

हेटौडा । हाल स्थानीय वायु र पश्चिमी वायुले मौसममा प्रभाव पारिरहेको छ । साथै भारतको उत्तर प्रदेश आसपास सक्रिय रहेको न्यूनचापीय प्रणालीका कारण देशको मौसममा थप असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रभावका कारण कोशी प्रदेश सहित पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर सातै प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा एक–दुई स्थानमा हिमपातको पनि सम्भावना छ । यो अवस्था राति समेत यथावत् रहने महाशाखाको अनुमान छ । मौसममा देखिएको यो परिवर्तनले कृषि कार्य, स्वास्थ्य, जनजीवन, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image