आज घट्यो सुनको मूल्य

हेटौंडा टुडे
५ बैशाख २०८२, शुक्रबार ११:२२

 हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । बिहिबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । बिहिबार पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image