बर्षायाम सुरु भएसँगै मकवानपुर चट्याङको उच्च जोखिममा

हेटौंडा टुडे
७ बैशाख २०८२, आईतवार १२:३२

 हेटौंडा । नेपालमा बर्खायाम सुरू भएसँगै प्राकृतिक विपत्तिका घटनाहरू बर्षेनी बढ्ने गरेका छन्। हिजोआज देशभरको मौसममा बदलाब आइरहेको छ। मध्य बर्खाको असार–साउन महिनाजस्तै छिनछिनमा मौसम परिवर्तन हुने र त्यससँगै ठूलो आवाजमा चट्याङ पर्ने गरेको छ। चट्याङ पर्दा भूकम्प आएजस्तै घर थर्किने गरेको छ। विज्ञहरूका अनुसार चट्याङ ध्वनी शक्ति पनि हो। यसमा ध्वनी शक्तिको उत्पादन हुन्छ। त्यसले कम्पन गराउँछ।

चट्याङ एक प्रकारको ‘इलेक्ट्रिक चार्ज’ हो। बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ। यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ। दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ। यो एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुने गर्दछ । यो तापक्रम र आगोको मुस्लो जमिनबाट दस किलोमिटर माथिसम्म हुन्छ।  यसको बढि प्रभाव मकवानपुरमा रहेको देख्न सकिन्छ।  गत चैत ३१ गते मकवानपुरमा चटयाङ लागेर एक जनाको ज्यान गयको थियो । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लिपूरमा चट्याङ लागेर स्थानीय २८ वर्षीय अविरल थिङले ज्यान गुमाएका पनि थिए । आइतबार दिउँसो हावाहुरी पानीसँगै परेको चटयाङले लाग्दा उनको घटनास्थलमै ज्यान गएको थियो । अघिल्लो आर्थिक वर्षमा चट्याङकै कारण १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । नेपालमा धेरै चट्याङ पर्ने जिल्ला मकवानपुर रहेको देखिएको छ ।

मकवानपुरमा प्राकृतिक प्रकोप चट्याङबाट सबैभन्दा धेरै मानवीय क्षति भएको देखिएको छ। विकासका दृष्टिकोणले सहरी क्षेत्रमा अर्थिङ जडान हुने हुँदा त्यहाँ चट्याङको जोखिम न्युन हुने ग्रामीण क्षेत्रमा अर्थिङ जडान बिरलै हुने हुँदा उक्त क्षेत्रमा चट्याङको जोखिम उच्च रहने उहाँ बताउनुहुन्छ । जसको प्रत्यक्ष प्रभाव ग्रामीण भेगका बासिन्दा, किसान, ज्याला मजदुरी गर्ने मजदुर र खुल्ला छोडिएका पशु चौपायामा पर्ने गरेको छ ।

मकवानपुरमा सन् २००० देखि सन् २०२४ सम्ममा चट्याङका १ सय १६ घटना घटेका छन् । उक्त घटनामा ३६ जनाको ज्यान गएको छ भने ३ सय ८१ जना घाइते भएका छन् । चट्याङबाट बितेको २४ वर्षमा १ सय ७९ घरपरिवार प्रभावित भएको छ । ५ घर पूर्ण रुपमा क्षति भएको छ भने ३१ चौपायाको मृत्यु भएको छ । यो बीचमा २१ लाख ५९ हजार रुपैँया बराबरको आर्थिक क्षति व्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image