
हेटौंडा । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन्। जस्तै; मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, संखुवासभालगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ पिपलबोटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौँडा ४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्की पक्राउ परेका छन भने मोरङको विराटनगर महानगरपालिका १५ बैंक रोडबाट सुन्दरहरैँचा नगरपालिका २ बस्ने ३१ वर्षीय सरन डाँगी पक्राउ परेका लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिका २६ सिसुवारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल र गाँजा जस्तो देखिने पदार्थसहित भरतपुर २६ बस्ने ६१ वर्षीया शान्तिकुमारी महतो र २५ वर्षीय विशाल सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ।
त्यस्तै, कैलालीको कैलारी गाउँपालिका १ सडकपुरबाट कैलारी ८ दुधिया बस्ने २५ वर्षीय सञ्जुकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिका १ हनुमानथानबाट डडेल्धुरा गन्यापधुरा गाउँपालिका ३ सकायल बस्ने ३९ वर्षीय करनबहादुर देउवा र ३५ वर्षीय रोहित शाही, भीमदत्त नगरपालिका ११ गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिका ११ बस्ने २५ वर्षीय रामबहादुर विष्ट पक्राउ परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
स्थायी प्रहरी पोष्ट गोठीकाँडाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ कटुकाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १४ बस्ने २१ वर्षीय अनिश नेपाली पक्राउ परेका हुन् ।
सङ्खुवासभाको धर्मदेवी नगरपालिका ४ तिरतिरे बस्ने २८ वर्षीय रामबहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका ६ पुलुङ बस्ने ३८ वर्षीय देवेन्द्र थापालाई अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


सेयर गर्नुहोस्