सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देन, ज्ञानेन्द्र शाही लगायत नेताहरू पक्राउ

हेटौंडा टुडे
७ बैशाख २०८२, आईतवार १४:२९

राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबा भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ। उनीहरुले  विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।  पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image