
हेटौंडा । नवलपुरको बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाको कुटाइ र लछारपछारबाट चार महिने शिशुको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार बाबु ३५ वर्षीय दीपेन्द्र परियार र आमा २१ वर्षीया कमला परियारले सोमबार राति मादक पदार्थ सेवन गरी आफ्ना चार महिने शिशुलाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए । मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाइ छाडेर भागेका थिए। अहिले शिशुको हत्या अभियोगमा बाबु र आमालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको पुहरीले बताएका छन।

सेयर गर्नुहोस्