धुर्मुस सुन्तली ‘पाँच पाण्डव’ फिल्ममा एक साथ

हेटौंडा टुडे
९ बैशाख २०८२, मंगलवार १३:५५

हेटौंडा । सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई लिएर कथानक फिल्म ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । उनिहरुलाइ धुर्मुस र सुन्तलीको नामले धेरै चिनिन्छन। वसन्त निरौलाले निर्देशन गर्ने यो फिल्मलाई कल्याणी साखले निर्माण गर्नेछिन् । यो फिल्मलाई चैत १७ गते चलचित्र विकास बोर्डले निर्माणको इजाजत दिएको छ ।  ३ करोड ३२ लाख रुपैयाँ बजेट तय गरिएको यो फिल्मको निर्माण काली रानी फिल्म्सको ब्यानरमा हुन लागेको बोर्डको अभिलेखमा उल्लेख छ ।

धुर्मुस र सुन्तली पछिल्लोपटक ५ वर्षअघि रिलिज भएको ‘सेन्टी भाइरस’मा एकसाथ देखिएका थिए । धुर्मुस भने पछिल्लोपटक ‘लाज शरणम्’मा देखिएका थिए । ‘पाँच पाण्डव’बारे निर्माताले अहिलेसम्म आधिकारिकरुपमा केही बताएका छैनन्, यद्यपि, धुर्मुस र सुन्तलीलाई पुनः पर्दामा एकसाथ देख्न पाइने भएपछि दर्शक उत्साहित छन् । निर्देशक निरौलाले निर्देशन गरेको फिल्म ‘ज्वाइँ साब’ दशैंमा प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image