कक्षा १२ को नयाँ तालिका आज सार्वजनिक हुँदै

हेटौंडा टुडे
२०८२ बैशाख १०, बुधबार १०:४६ गते

हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले बैशाख ११ गतेदेखि तय भएको परीक्षा स्थगित गर्दै नयाँ मिति तोकेको हो । परीक्षाको समयतालिका आज बोर्डको वेबसाइटमार्फत र त्यसपछि गोरखापत्र दैनिकमा समेत प्रकाशन गरिने बोर्डले जानकारी दिएका हुन् । बोर्डले यसअघि वैशाख ११ गतेदेखि २४ गतेसम्म माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा १२० सञ्चालन हुने गरी परीक्षा समयतालिका सार्वजनिक गरेको थियो । तर, मंगलबार बोर्डले परीक्षाको समय परिवर्तन गर्दै वैशाख २१ गते बिहान ८ बजेदेखि सञ्चलन गर्ने बताएको छ । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राख्दै अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको हो ।

हाल सिर्जित विशेष परिस्थितिका कारण परीक्षार्थीले गरेको अनुरोध, अभिभावकको चिन्ता तथा परीक्षा केन्द्रको व्यवस्था र सञ्चालनमा आउन सक्ने प्राविधिक कठिनाइसमेतलाई दृष्टिगत गरी परीक्षा सारिएको बोर्डको भनाई छ । परीक्षाको मिति संशोधन गर्दा विद्यार्थी र अभिभावकमा पर्न गएको असुविधाप्रति बोर्डले क्षमा समेत मागेको छ । साथै बोर्डले परीक्षार्थीमा परीक्षाको तयारीलाई निरन्तरता दिन पनि अनुरोध गरेको छ ।

अब कक्षा १२ को परीक्षा बैशाख २१गतेबाट सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image