संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु

हेटौंडा टुडे
१२ बैशाख २०८२, शुक्रबार १०:३९

 हेटौंडा । संघीय संसदको बजेट अधिवेशन आज सुरू हुँदैछ । बजेट अधिवेशनबारे दलहरूले पनि आआफ्नो रणनीति बनाएका छन् । बैठक दिउँसो १ बजेको लागि बोलाइएको हो । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । यो बजेट अधिवेशन भएपनि सरकारले शिक्षा विधेयक यही अधिवेशनमा पेस गर्ने प्रतिवद्दता जनाएको छ ।

प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले बजेट अधिवेशनमा शसक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । हिजो बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रम र प्रि बजेट छलफलमा जनताका आवाजलाई समेटन दबाब दिने गरी भूमिका खेल्न निर्देशन दिनुभएको थियो । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले देश र जनताको हितमा संसदमा प्रभावकारी भूमिका खेल्ने र बजेट अधिवेशनको छलफलमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले बजेट अधिवेशनको सुरुमै बोल्ने कार्यसुची तय भएपनि विपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो निर्वाचनक्षेत्र गोर्खा पुग्नुभएकाले कसले बोल्ने भन्ने टुङगो लागेको छैन । रास्वपाले आजको संसद बैठकमा डिपी आर्यालले सम्वोधन गर्ने तय गरिसकेको छ ।  बैठकमा अधिवेशन शुरु भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image