मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु

हेटौंडा टुडे
१२ बैशाख २०८२, शुक्रबार १०:४८

हेटौंडा । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी  ७ लच्का मनहरीबाट सुनाचुरी तर्फ जादै गरेको बा ६२ प  १११४ नम्बरको एनएस मोटरसाइकलले बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको थियो। ठक्कर दिइ फरार रहेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मनहरीको टोलीले खोजतलास गरी मोटरसाइकल  सहित चालक मन्शु गुरुङलाई मनहरी ६ प्रतापपुरबाट फेला पारेको थियो।

ठक्करबाट गम्भीर घाइते महिलाको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ । मृतक महिलाको हालसम्म शनाखत हुन नसकेको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image