
हेटौंडा । पर्यटन प्रवर्दन गर्न हेटौंडा देखि सौराहा सम्म पाँच सय जनाको साइकल यात्रा सुरु भएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा तथा साइकल सीटी मकवानपुरको समन्वयमा साइकल यात्रा गरिएको हो ।आज बिहान हेटौंडाको बुद्धचोकबाट पन्चैबाजा, नेवारी वाजा, खैजेडी भजन सहित उद्घाटन् गरिएको कार्यक्रमको समापन भने आज दिउसो सौराहामा गरिने छ ।
स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्सित गर्ने उदेस्यले गरिएको साइकल यात्रामा देशका बिभीन्न क्षेत्रका साइकल यात्रीहरु सहभागि भएका छन् ।हेटौंडाको बबुद्धचोकमा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले उद्घाटन् गरे ।
कार्यक्रमलाई संबोधन गर्दै मन्त्री ठकुरीले यस कार्यक्रमबाट पर्यटन प्रवर्दनमा ठुलो टेवा पुग्ने बताए । कार्यक्रममा मन्त्रालयका सचिब दिपेन्द्र सुवेदी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो । बुद्धचोकबाट सुरु भएको साइकल यात्राले हेटौंडाका धार्मिक तथा पर्यटकिय स्थलको परिक्रमा गरेर सौराहा तर्फ लागेको हो ।
