शिक्षामन्त्रीले बोलाए शिक्षकहरुलाई वार्तामा

हेटौंडा टुडे
२०८२ बैशाख १२, शुक्रबार १५:३७ गते

हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् । उनले विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल सरकारको तर्फबाट आह्वान गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई सरकारको तर्फबाट हार्दिक आह्वान गरेका हुन् ।

यस्तै, उनले विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न उपयुक्त निकास निकाल्न सदैव प्रयत्नशील रहेको बताए । उनले शिक्षक प्रतिनिधिहरुसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वभाविक रहेको भन्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न सदैव प्रयत्नशील रहेको बताए ।

मन्त्री पन्तको प्रयासपछि शुक्रबार नै आन्दोलनरत शिक्षक महासंघ र मन्त्रालयबीच वार्ताको तयारी सुरु गरिएको छ । दुवै पक्षले वार्ता टोली बनाउने र शुक्रबार साँझसम्म वार्ता गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image