
हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेर १ लाख ८८ हजार ३०० रुपैयाँमा कायम भएको छ । आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

सेयर गर्नुहोस्