
हेटौंडा ।दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते भएका छन । जितपुर सिमरा पथलैया-हेटौंडा सडक खण्डमा दुईवटा बस एकापसमा ठोक्किँदा १९ जना यात्रु घाइते भएका हो। जितपुरसिमरा उपमहानगरपालिकाको २२ नम्बर वडाको अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग१ख ११५४ नं. को बसलाई काँकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको बारा प्रहरीले जनाएको छ ।
दुर्घटनामा ग२ख १६५५ नं को बसमा सवार १९ यात्रुहरू घाइते भएको बाराका प्रहरीले बताएका हुन । घाइतेहरूलाई उद्दार गरेर ९ जनालाई हेटौंडाको सहकारी अस्पताल र १० जनाको वीरगंजको वयोधा अस्पतालमा पुर्याइएको उनले बताएका छन।


सेयर गर्नुहोस्