मकवानपुरको राक्सिराङमा भिरबाट लडेर एक जना घाइते

हेटौंडा टुडे
१५ बैशाख २०८२, सोमबार १४:४०

हेटौंडा । मकवानपुरको राक्सिराङमा भिरबाट लडेर एक जना घाइते भएका छन। राक्सिराङ गाउँपालिका–५ रानीबाङस्थित जंगलमा घाँस काट्ने क्रममा एक व्यक्ति भिरबाट लडेर घाइते भएका हुन ।

घाईते हुनेमा वर्ष ५८ का दिलबहादुर प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको  छ । हिजो अपराह्न करिब २ बजे उनको घरबाट करिब १ किलोमिटर उत्तरतर्फ पर्ने जंगलमा घाँस काट्न गएका बेला करिब २० फिट तल भिरबाट लडेर घाइते भएका हुन्।

घटनापछि तत्काल उद्धार गरी उनलाई सरकारी अस्पताल भरतपुर, चितवन लगिएको थियो । टाउको र शरीरका विभिन्न भागमा चोट लागेका प्रजाको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ। स्थानीयहरूले प्रारम्भिक उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको र हाल उपचार जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image