प्लास्टिकको बोतलमा पानी पिउनेहरुलाई हृदयाघातको जोखिम

हेटौंडा टुडे
२०८२ बैशाख १५, सोमबार १६:४५ गते

हेटौंडा । प्लास्टिकको बोतल छरीतो, हलुका र बोकेर हिड्न पनि सजिलो हुने भएकोले मानिसहरु यस्लाइ धरै रुचाउछन।आधुनिक समयमा प्लास्टिक बोतलको प्रयोग धेरै सामान्य भएको छ। घरमा होस्, अफिसमा होस् वा यात्रा गर्दा अथवा अधिकांश मानिसहरूले प्लास्टिकको बोतलमा पानी पिउन सजिलो र सुविधाजनक ठान्छन्।

तर के तपाईलाई थाहा छ प्लाष्टिकको बोतलमा पानी पिउनु तपाईको मुटुको स्वास्थ्यका लागि खतरा हुन सक्छ ? हालैको अनुसन्धानले प्लाष्टिकमा पाइने केही खतरनाक रसायनले शरीरमा प्रवेश गरी हृदयाघात र अन्य गम्भीर रोगको जोखिम बढाउने देखाएको छ ।

प्लास्टिकको बोतलमा बिपिए र फैथलेटस हुन्छ, जसले शरीरको प्राकृतिक हार्मोनलाई असर गर्छ, जसले असामान्य रक्तचाप निम्त्याउन सक्छ, जुन हृदयघातको प्रमुख कारण हो। यस बाहेक प्लाष्टिकका रसायनका कारण शरीरमा सुन्निने र धमनीहरू खुम्चिन सक्छ, जसले शरीरमा रक्तसञ्चारमा बाधा पुर्‍याउँछ, जसले हृदयघात हुन सक्छ ।  केही अध्ययनहरूले पत्ता लगाएका छन् कि बिपिएको जोखिमले खराब कोलेस्ट्रोल (एलडिएल) बढाउन सक्छ र शरीरमा राम्रो कोलेस्ट्रोल (एचडिएल) स्तर घटाउँछ, जसले हृदय रोगको जोखिम बढाउँछ। यति मात्र होइन, प्लास्टिकमा पाइने केमिकलले शरीरमा फ्री रेडिकलको मात्रा बढाउँछ, जसले कोशिकालाई नोक्सान पुर्‍याउँछ र मुटुमा नराम्रो असर गर्छ ।

यसबाट जोगीन निम्न तरीका अपनाउनुहोस सकिन्छ:

– पानी पिउन प्लास्टिकको सट्टा गिलास वा स्टेनलेस स्टिलको बोतल प्रयोग गर्नुहोस्।
– यदि तपाइँ प्लास्टिकको बोतलहरू प्रयोग गर्दै हुनुहुन्छ भने बिपिए रहित बोतलहरू किन्नुहोस् र तिनीहरूको लेबलहरू जाँच गर्नुहोस्।
– बारम्बार प्रयोग गरिने प्लास्टिकका बोतलहरू समयसँगै झन् खतरनाक हुन सक्छन्। त्यसैले तिनीहरूलाई बारम्बार प्रयोग नगर्नु होस्।
–  प्लास्टिकको बोतलमा तातो पानी भर्दा वा बोतललाई घाममा राख्नाले केमिकल लिचिङ बढ्छ, यसबाट बच्नुपर्छ।
– घरबाट बाहिर निस्कनु अघि स्टिल वा गिलासको पानीको बोतल साथमा लैजानुहोस्, ताकि तपाईले बाहिर प्लास्टिकको बोतलको पानी पिउनु पर्दैन।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image