
हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको हो। महासंघले आज सुन तोलामा एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


सेयर गर्नुहोस्