स्वीकृति बिनै मनहरी खोलामा अवैध उत्खनन्, घर बनाउन भन्दै मनहरी खोला दोहन
हेटौंडा, २२ माघ । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी खोलामा अवैध उत्खनन् भइरहेको पाइएको छ । मंगलबार जिल्ला अनुगमन समितिले मनहरी खोलामा व्यापाक नदीजन्य पदार्थ अवैध तरिकाले उत्खनन् गरिरहेको भेटाएको हो । सुमदायको नाममा घर बनाउन भन्दै मनहरी खोला दोहन गरेर क्रसरमा नदीजन्य पदार्थ थुपार्ने काम भइरहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा अनुगमन समिति संयोजक रघुनाथ खुलालले बताए । क्रसर उद्योग र पर्सा वन्यजन्तु आरक्षको मिलेमतामो मनहरी खोला दोहान भइरहेको पाइएको छ । घर बनाउन ढुंगा, गिट्टी बालुवा उत्खनन् गर्दै आरक्षले कर उठाइरहेको छ । मनहरीका क्रसर उद्योगसँग मिलेमतोमा प्रत्यक ट्याक्टरबाट अवैधानिक रुपमा रसिद काटेर आरक्षले कर संकलन गरिरहेको हो । उक्त मनहरी खोला उत्खनन् गर्न वातावरणीय प्रभाव मुल्याङकनको स्वीकृति जिल्ला समन्वय समितिले दिएको छैन् । स्वीकृति बिनै मनहरी खोलामा अवैध उत्खनन् भइरहेको अनुगमन समिति संयोजक घुलालले बताए । खोलाका ढुंगा, गिट्टी बालुवा समुदायमा घर बनाउन भन्दै क्रसर उद्योगहरुले डम्पिङ गर्दै आएका छन् । उक्त अवैध काममा आरक्षले कर उठाइरहेको छ । आरक्षलाई कर नउठाउन अनुगमन समितिले निर्देशन दिएको छ । कर उठाउने वैधानिक आधार भए सक्कल कागजातसहित आउन आरक्षलाई निर्देशन दिएको खुलालले बताए । मनहरी र राप्तिखोलामा नदीजन्य पदार्थ उत्खनन् गर्ने क्रसर उद्योग र ट्याक्टर व्यवसायीहरुका कारण खोलमा थुप्रै खाल्डाखुल्डी छन् । मनहरीका खोलामा बनेका खाल्डाखुल्डीमा डुबेर यसअघि मानिसको … Continue reading स्वीकृति बिनै मनहरी खोलामा अवैध उत्खनन्, घर बनाउन भन्दै मनहरी खोला दोहन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed