हेटौंडा उपमहानगरपालिकाले आफुखुसी विद्यालय वन्द नगर्न निर्देशन,बन्द गरे कारबाही !
माघ २२,हेटौँडा/हेटौँडा उपमहानगरपालिकाको वडाहरु तथा शिक्षक महासंघले आफुखुसी विद्यलय बन्द गर्न थालेपछि हेटौँडा उपमहानगरपालिकाले कडा नीति लिएको छ ।अब उपमहानगरपालिकाको निर्णय बाहेक कुनै विद्यालय बन्द गर्न पाईने छैन् । स्थानीय सरकार भन्ने वित्तिकै आफुखुुी खुसी या दुखमा विदा दिने प्रचलन गलत भएको भन्दै स्थानीय सरकारसँग समन्वय नगरि यस्ता क्रियाकलाप गर्न नपाईने निर्णय गरिएको हेटौँडा उपमहानगरपालिकाकी उपमेगर मिना लामाले जानकारी दिईन् । वडा कार्यालय र शिक्षक महासंघलेसमेत विद्यालय बन्दको घोषणा गरेर विद्यार्थीको पढाइमा खेलवाड गरेपछि हेटौंडा उपमहानगरपालिकाले आफुखुसी विद्यालय वन्द नगर्न निर्देशन दिएको छ । सामुदायिक तथा निजी विद्यालय सार्वजनिक विदा बाहेक कारणबस वन्द गर्ने अधिकार स्थानीय सरकारलाई मात्र छ । तर, यसको नियम विपरित प्रदेशको स्थायी राजधानी हेटौंडा हुँदा ६ नं. वडाले विद्यालय बन्द गरेको थियो । यसअघि सूचना निकालेर हेटौंडा राजधानी भएको भन्दै वडामा विद्यालय वन्दको आवहान गर्ने हेटौंडा–६ का वडा सचिवलाई उपमहानगरपालिकाले स्पष्टिकरण सोधीसकेको छ । त्यसैगरी उपमहानगरपालिकाको स्वीकृति बिना शिक्षक महासंघ मकवापनुरले शिक्षकको मृत्यु भएको दिन शोकमा परेको भन्दै विद्यालय बन्दको आवहान गरेको थियो । यसरी अनुमति बिना विद्यालय बन्द गर्ने शैक्षिक संघसंस्थालाई हेटौंडा उपमहानगरपालिकाले कारबाही गर्ने भएको छ । विद्यार्थीको पढाईमा बाधा पुग्ने गरी आफूखुसी विद्यालय बन्द गरेमा कारबाही गरिने हेटौंडाका नगर प्रमुख हरिबहादुर महतले बताए । हेटौंडा उपमहानगरपालिकाको शिक्षा समितिले विद्यालयका शिक्षक वा कर्मचारीको कुनैपनि … Continue reading हेटौंडा उपमहानगरपालिकाले आफुखुसी विद्यालय वन्द नगर्न निर्देशन,बन्द गरे कारबाही !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed