शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ६२ जना कोरोना संक्रमित भेटिए

हेटौंडा/नेपालमा पछिल्लो २४ घण्टामा  ३ सय ७८ जना  कोरोना संक्रमित भेटिएका छन् ।  यो सहित संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। शनिबार काठमाडौं उपत्यकामा मात्र ६२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलमार्फत  जानकारी दिनुभयो  । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा ५६, भक्तपुरमा तीन जना र ललितपुरमा तीन जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पर्सामा ५५, सर्लाहीमा ३६, महोत्तरीमा १५, धनुषामा १८, मोरङमा ४९ जनामा संक्रमण पुष्टि भएको छ। शनिबार नेपालमा कुल ३ सय ७८ जना संक्रमित थपिएको हो । कति जना निको भए, शनिबार ४९९ जना संक्रमित निको भएर घर फर्किएका छन्। यो सहित  संक्रमित निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ। उपचारत संक्रमित संख्या भने ६ हजार २०६ रहेको छ। कति जना छन् क्वारेन्टिनमा  नेपालमा क्वारेन्टिन बस्नेको संख्या १० हजार ७९२ जना छन् । शनिबार सात हजार ८ सय ८८ जनाको पीसीआर रिपोर्ट आएको हो। मन्त्रालयले थप तीन जनाको मृत्यु भएको जनाएको छ। शनिबार थप तीन जनाको मृत्यु भएपछि नेपालमा मृतक संख्या ७३ पुगेको छ।