टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

टुडे संवादाता
५ कार्तिक २०७७, बुधबार १७:५२

बारा/बारामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ना.५० प २५७६ नम्बरको मोटरसाइकल चालक मकवानपुरको चुरियामाई-१ घर भएका २५ वर्षीय सञ्चालाल गोले रहेका छन् ।

गोले सवार मोटरसाइकललाई जितपुर सिमरा उपमहानगरपालिका(२२ स्थित सडकमा नम्बर नखुलेको टिपरले बुधबार दिउँसो ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपरसहित चालकको खोजी भइरहेको र दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image