हेटौंडा/निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) ले दिपावली, छठ तथा ल्होछारको अवसरमा आईतबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
काउन मकवानपुरका अध्यक्ष खलिल मिया अन्सारीको सभाध्यक्षता तथा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा दिपावली, छठ तथा ल्होछारको उपलक्ष्यमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका उपाध्यक्ष बीरेन्द्रकुमार लामा, मकवानपुर उपाध्यक्ष तारा कार्की, कांग्रेस मकवानपुरका महाधिबेशन प्रतिनिधि रमेशध्वज कार्कीलगायतको उपस्थिति रहेको थियो ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बानियाँ निर्माण सेवा मकवानपुरले सहयोगस्वरुप काउन मकवानपुरलाई दिईएको स्टिलको दराजसमेत हस्तान्तरण गरिएको थियो ।
सेयर गर्नुहोस्