कोरोना महामारीको समयमा विद्यार्थीसँग शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

टुडे संवादाता
२५ कार्तिक २०७७, मंगलवार १२:४३

काठमाडौं/नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौं विश्वविद्यालयले विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ ।

नेविसङ्घले सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै काठमाडौं विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको हो ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले भने “विश्वविद्यालयमा नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा शुल्क मात्र उठाउने काम तत्काल बन्द होस्” ।

कोरोना महामारीको समयमा पनि ढिलो गरेर रकम बुझाउने विद्यार्थीलाई विश्वविद्यालयले उल्टै चार्ज लगाउनु आपत्तिजनक भएको नेविसङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*