
हेटौंडा /मकवानपुरको विकट पूर्वी क्षेत्र बकैया गाउँपालिका ६ ज्यामिरेमा नेकपा तथा राप्रपा परित्याग गरि ९८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । कांग्रेस बकैया गाउँपालिका ६ ले सोमबार ज्यामिरेमा गरेको वडा भेला तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रममा नेकपा तथा राप्रपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस बकैया गाउँपालिका ६ का वडा सभापति सुशान भ्लोनको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम भएको हो ।
वडा भेला तथा क्रियाशिल भेला कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, महासमिति सदस्य धर्मराज लामिछाने, प्रतिनिधिसभा १ का संघिय सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, क्षेत्रीय सदस्य सेतेमान बल, बकैया गाउपालिका सभापति भूमिनन्द गौतम, बकैया गाउँपालिका सचिव लोकेन्द्र माझीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, हेटौडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालालगायतका नेता, कार्यकर्ता, क्रियाशिल सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

