हेटौँडा । मकवानपुरगढीको २ सय ५ड औं विजय उत्सव कार्यक्रम आज भव्य रुपमा मनाएको छ। गोर्खाली सेनाले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरणमा उत्सव मनाईएको थियो । मकवानपुरगढी बिजयउत्सब मुल समारोह समितिले आयोजना कार्यक्रमको मकवानपुर क्षेत्रनम्बर १ का निवर्तमान सांसद कृष्ण प्रसाद दाहालले सनिबार उद्घाटन गर्दै नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेका थिए।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुणासैनी, गाउँपालिकाका उपाध्यक्ष हर्कमायाँ रुम्बा, मकवानपुरगढी २ का वडा अध्यक्ष बखानसिंह पाख्र्रिन मकवानपुरगढी घ का वडा अध्यक्ष भागबत घिमिरे नेपाली सेनाका प्रधानसेनापति लगायतका विशिष्ट महानुभाव र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
नेपाल एकीकरणको दौरान पृथ्वीनारायण शाहले विक्रम सम्वत १८१९ भदौ ९ गतेका दिन मकवानपुरगढी र हरिहरपुरगढीमा इस्वी सम्वत १७६२ अक्टोबर ४ का दिन विजय हासिल गरेपछि मकवानपुर राज्यको अन्त भएको थियो । कब्जा गरेपनि १८१९ माघ १० गते मकवानपुर गढीमा गुरगिन खाँको मुगल सेनासँग युद्ध गर्नु परेको थियो । यो गढी नेपालले पहिलो पटक विदेशी सेनासँग युद्ध गरी विजय हासिल गरेको स्थान हो