हेटौंडा/बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले समाजमा नकारात्मक सोच र बानी व्यबहारको हाबी भएका कारण देशको बिकासले गति लिन नसकेको बताउनुभएको छ ।
शनिवार हेटौंडामा सुर्तीजन्य पदर्थ नियन्त्रण सम्बन्धी कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले समाजमा नराम्रो बानी ब्यबहारको हाबी भएकै कारण देश बिकासले गति लिन नसकेको बताउनुभयो ।
उहाँले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न बिधालय ,अस्पताल ,मठ मन्दिर र सर्वजनिक क्षेत्रलाई पुर्ण सुर्तीजन्य पदार्थ प्रयोगमा प्रतिबन्धित गर्नुपर्ने बताउनुभयो ।
उहाँले संघिय सरकारको ऎन सङ्ग नबाझिने गरि प्रदेश सरकारले र स्थानीय सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि ऎन निर्माण गर्नुपर्ने बताउनुभयो ।
यस्तै बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री रामेश्वर फुयालले क्यान्सर रोगका बिरामी हरुलाई संघिय सरकारले एक लाख दिने ब्यबस्थालाई प्रदेश सरकारले ५० हजार थप गर्ने ब्यबस्थाप गरि कार्यान्वयनकि चरणमा गैसकेको बताउनुभयो । उहाँले क्यान्सर रोग संग संगै अन्य गम्भीर रोगको निवारण गर्न बागमती प्रदेश सरकारले प्रतिबद्ध रहेको बताउनुभयो ।
बागमती प्रदेश सरकारले स्वास्थ क्षेत्रको रुपान्तरणका प्रयाप्त लगानी गरेको मन्त्री फुयालले दाबी गर्नुभयो । कार्यक्रममा नेपाल बिकाश अनुसन्धान प्रतिस्ठानका कार्यकारी निर्देशक जय गुरुङले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगको अवस्थाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । सुर्तीजन्य पदार्थको सेवनकै कारण हाल नेपालमा एक घण्टाको अवधिमा २ जनाको मृत्यु हुनेगरेको प्रतिस्ठानका कार्यकारी निर्देशक गुरुङले बताउनुभयो ।
नेपालमा हाल किशोरावस्थाका युवा हरुले बढी सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको नेपाल बिकास अनुसन्धान प्रतिस्ठानको अध्यनले देखएको छ ।
विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गर्ने , सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऎन कार्यन्वन गराउने र सुर्तीजन्य पदार्थको करको दायरा बढाउने लगाएका काम गर्न सकियो भने सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न सकिने प्रतिस्ठानका कार्यकारि निर्देशक जय कुमार गुरुङले बताउनुभयो ।कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि ,जनप्रतिनिधि लगाएत सरोकारवालाहरुले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि तिनै तहको सरकारले समन्वय गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।