दारी ग्याङद्वारा आयोजित वक्तृत्वकलामा कालिका मा.वि. फाखेलका रश्मी प्रथम

हेटौंडा टुडे
९ चैत्र २०७७, सोमबार २२:४६

हेटौंडा । दारी ग्याङ हेटौंडाको आयोजनामा इन्द्रसरोवरमा सञ्चालि वक्तृत्वकलामा कालिका मा.वि. फाखेलका छात्रा रश्मी रुम्बा प्रथम हुन सफल भएकी छिन ।

“गालामा दारी, काधमा जिम्मेवारी” भन्ने नाराका साथ अघि बढि रहेको दारी ग्याङ हेटौंडाले इन्द्रसरोवर गाउँपालिकाको समन्वयमा पञ्चकन्या मा.वि. खानीखेतमा प्रतियोगिता आयोजना गरेको हो ।

“समाज रुपान्तरणका लागि विद्यार्थीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा महाचुनी माद्यामिक विद्यालयका छात्र प्रदीप वाईवा द्वितीय र कालिका मा.वि. कै छात्र सन्दीप घिसिङ तृतीय हुन सफल भएका छन् ।

प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई प्रमाणपत्र, मेडल र शैक्षिक सामग्रीले पुरस्कृत गरिएको दारी ग्याङ हेटौंडाका सदस्य जिवराज लम्सालले जानकारी दिए ।

चैत्र  ९ गते सोमबार सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका ६ वटा माद्यामिक विद्यालयका १० जना विद्यार्थीहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।

इन्द्रसरोवर गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा विद्यालय निरीक्षक धर्मानन्द पन्तको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा दारी ग्याङका केन्द्रीय उपाध्यक्ष तथा संस्थापक (एड्मिन) जगदीश भण्डारी, दारी ग्याङ हेटौंडाका संयोजक अजित खड्का लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*