नयाँ व्यवस्थापनसहित हेटौंडामा टिभिएस मोटरसाइकल र स्कुटरको सर्भिस सेन्टर संचालनमा

टुडे संवादाता
२३ असार २०७८, बुधबार १६:४१

हेटौंडा/नयाँ व्यवस्थापनसहित हेटौंडामा टिभिएस मोटरसाइकल र स्कुटरको सर्भिस सेन्टर संचालनमा ल्याइएको छ ।

हेटौंडाका युवा व्यवसायी कन्चन बुढाथोकी र प्रवेशराज बरुवालले बुधबार सर्भिस सेन्टर संचालनमा ल्याएका हुन् । हेटौंडामा केहि समय अघिदेखि टिभिएसको सेवा अवरुद्ध भएको थियो । बुढाथोकी र बरुवालले नयाँ व्यवस्थापनका लागि एक महिनापछि शोरुमसमेत संचालन गर्ने उद्देश्यले सर्भिस सेन्टर सुरु गरेका हुन् ।

हाल सर्भिस सेन्टरमा स्पीयर पार्टस, मर्मत, रोड÷होम सर्भिसको व्यवस्था गरिएको संचालक बरुवालले बताए । सर्भिस सेन्टर बन्द हुँदा ग्राहकलाई असुविधा भएपनि अब सेवालाई निरन्तरता दिने अर्का संचालक बुढाथोकीको भनाइ छ ।
हेटौंडा–४ मेनरोड, प्रणामी भवन अगाडि संचालनमा ल्याएको सर्भिस सेन्टरबाट टिभिएसका नयाँ सेवाहरु थप गर्दै लैजानले उनीहरुको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*