लुम्बिनी/लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीले विश्वासको मत पाएका छन् । सोमबार मुख्यमन्त्री केसीलाई सत्तारुढ गढबन्धनका ४२ सांसदहरूले विश्वासको मत दिएका हुन ।विपक्षीको नाराबाजीबीच केहीबेर चलेर स्थगित भएको प्रदेश सभाको पहिलो बैठक पुनः सुरु भएको थियो । तथापि, प्रमुख प्रतिपक्ष दल एमालेले बैठक बहिस्कार गर्दै सहभागी भएको थिएन ।
केसी एमालेका शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सभाका चार दल र एक स्वतन्त्र गरी ४२ प्रदेशसभा सदस्यको समर्थनमा साउन २८ गते केसी मुख्यमन्त्री बनेका थिए । हाल लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसका १९, माओवादीका १९ जसपाका ३ सांसद रहेका छन् । जनमोर्चाका १ सांसद छन् भने प्रतिपक्ष एमालेका ३८ जना सांसद छन ।
सेयर गर्नुहोस्