हेटौँडा/ मकवानपुरमा थप एक जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा ४ का ६० वर्षीय पुरुष रहेका छन् । उनको शनिबार बिहान हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ ।
सेयर गर्नुहोस्