हेटौँडा । हर्के र बिर्खे साथी साथी
सँगै पढेका, सँगै बढेका
तर भिन्न स्वभावका
बिर्खे अर्काको आँसु देख्नै सक्दैन्
पुछन अघि सर्छ ।
हर्के मौका छोपेर आफ्नो दुनो सोझ्याउने गर्छ ।
बिर्खेले के गरेन
यो समाजका लागि
तन,मन,धन सबै दियो
जे जति उ सँग थियो
जतिबेला मान्छेहरु महामारीले सताईएको थिए
बाढी पहिरोले धपाइएका थिए
र पनि सरकारको उपस्थिती थिएन्
तर उसको उपस्थिती थियो
उसले धेरैको उद्धार गर्न भ्यायो
कयौँ भोकाहरुलाई खाना ख्वायो
बिपतका बेला एक्लै छोडेन
आफूलाई सँगै उभ्यायो
सिङ्गो जिवन समपर्ण ग¥यो
न कसैको आस्था र विचार हे¥यो
न जाति , धर्म वा लिङ्गको प्रवाह ग¥यो ।
न मरिएला कि भनेर डरायो
न सहयोगको कुनै प्रचारबाजी गरायो
जुनसुकै सहयोग गर्न पछि परेन
रातदिन न भनि लाग्यो, आराम गरेन
र, पनि उसलाई कसैले चिनेनन्
कतैबाट प्रशंसा पाएन्
तर हर्केले रु ? !
हर्केले क्यै गर्नै परेन
क्यै नगरे नी सपरिवारले तक्मा पायो
किनकी उसको सरकार सत्तामा जो आयो !