ओम्याक्स हल असोज २५ गतेबाट संचालन हुदैँ

हेटौंडा टुडे
१७ आश्विन २०७८, आईतवार १७:०७

हेटौँडा/ ओम्याक्स हल यही असोज २५ गतेबाट संचालन हुने भएको छ । कोरोना जोखिमका कारण करिब २ वर्षदेखि बन्द रहेको हल असोजको २५ गतेबाट चल्ने भएको हो । सरकारले हल संचालन गर्न पाउने निर्देशिका जारी गरेपछि तथा अहिले जिल्लामा कोभिडको जोखिम कम भएसंगै स्वास्थ्य मापदण्ड अपनाएर यही असोज २५ गतेदेखि हल संचालन गर्ने तयारी गरिएको हो ।

ओम्याक्स हलका प्रमुख दिनेश तिमल्सिनाका अनुसार पहिलो चरणको कोभिड १९ को माहामारीका कारण सिनेमा हल बन्द गरिएको र बीचमा कोभिडको संक्रमण कम भएसंगै हल खोलिएको थियो । हल खोले पनि कोरोनाको त्रासका कारण तथा फिल्म अभावका कारण दर्शकहरुको उपस्थिति नभएपछि आफूहरुले हल बन्द गर्नुपरेको उनले बताए । ‘कोरोनाका कारण लामो समयदेखि हल बन्दाबन्दी मै रहँदा हलमा धेरै टुटफुट भएको तथा हलभित्र विद्युतीय तारहरुलाई व्यवस्थित गर्ने काम अहिले भइरहेको छ ।’ उनले भने,‘नेपालीहरुको महान चाडपर्वको रुपमा मनाइने दशैलाई लक्षित गरी हल खोल्ने तयारी गरेका हौं । ’

हल संचालनको पहिलो दिन असोज २५ गते आरआर प्रोडक्सनको नेपाली फिल्म ‘धन्दागिरी’ प्रर्दर्शन गरिने उनको भनाई छ । हलका प्रमुख तिमल्सिनाका अनुसार असोजको २१ गते फास्ट एण्ड फिरियर टु, असोजको २६ गते धान्दागिरी, २९ गते भेनम टु चल्नेछ । यस्तै दिपावलीलाई लक्षित गरी दिपावलीको दिन ‘सूर्यवंशी’ हिन्दी फिल्मबाट चल्ने जनाइएको छ ।

ओम्याक्स सिनेमा हलमा कात्तिक १७ गते भने नेपाली चलचित्र ‘चोर पुलिस’ संचालनमा आउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*