हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरस्थित बागमती गाउँपालिका भेलाले विवेक सिन्तानको अध्यक्षतामा ८ सदस्यीय पालिका कमिटी गठन गरेको छ । गाउँपालिकास्थित झुरेझुरेमा भएको भेलाले उपाध्यक्षमा निर्मल तिमल्सिना, सचिवमा सुरेश पाख्रिन, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ चयन गरेको हो । त्यस्तै सदस्यहरुमा आशिष बल, गंगाा गोले, बटुमाया पाख्रीन, र सुबास सञ्जेल रहनुभएको छ । कमिटीका अध्यक्ष सिन्तान थाहा एक्सप्रेस, उपाध्यक्ष तिमल्सिना हजुरको खबर डटकम र सचिव पाख्रिन लगायत बाँकी सदस्यहरु रेडियो झुरझुरेमा आवद्ध छन् ।
भेलामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी एवं नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले पत्रकारीता क्षेत्रमा गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सुचना दिने माध्यमहरु थुप्रै भएतापनि त्यसको प्रयोग र आम जनमानसमा त्यसले पार्ने प्रभाबबारे पत्रकारहरु सदैव चनाखो हुनुपर्ने बताउनुभयो । शुभकामना मन्तव्य राख्दै बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानले पालिकाका प्रत्येक वडाबाट २ जना पत्रकार उत्पादन गर्ने लक्ष्यअनुरुप छिटै नै पत्रकारीता तालिमको व्यवस्था गरिने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगरले नयाँ नयाँ प्रविधिको विकासले पत्रकारलाई समाचार, सुचना सम्प्रेषण गर्न सजिलो बनाएको भनाई व्यक्त गर्नुभयो ।
प्रेस सेन्टर नेपाल मकवानपुर संयोजक अञ्जली थापाले गाउँपालिकामा सेन्टरको बिजारोपण भएको भन्दै यसलाई हुर्काउने बढाउने जिम्मेवारी यस क्षेत्रका पत्रकारको रहेको बताउनुभयो । प्रेस सेन्टर निर्वाचन क्षेत्र नम्बर १ को ९क० का अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल तथा विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । यसैबिच , प्रेस सेन्टरकै आज सम्पन्न बकैया गाउँपालिका भेलाले अजय लामा थिङ ९ सोयल ० को अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ ।