बर्दियामा बसको ठक्करबाट किशोरको मृत्यु

हेटौंडा टुडे
२७ आश्विन २०७८, बुधबार १६:३४

हेटौँडा/बर्दियाको बाँसगढी नगरपालिका–८ लक्ष्मण चोकमा आज बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।

आज विहान पौने १० बजे ना ४ ख ९५ ७४ नम्बरको बसले साइकलमा सवार सोही नगरपालिका–८ का १३ वर्षिय गणेश परियारलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image