चितवनमा सवारी दुर्घटना, एक जनाको मृत्यु

हेटौंडा टुडे
२७ आश्विन २०७८, बुधबार १६:४२

हेटौँडा/ चितवनको खैरहनी नगरपालिका–८ मा आज सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एक जना गम्भीर घाईते भएका छन् ।

पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्रदेश ३–०३–००१ प ८४८० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००२ प ४८५ नम्बरको मोटरसाईकल आज बिहान १० बजे  ठोकिएका थिए ।

कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचारको क्रममा ८४८० नम्बरका चालक खैरहनी नगरपालिका–८ का ४५ वर्षीय चन्द्र बहादुर तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

४८५ नम्बरको मोटरसाईकल चालक खैरहनी नगरपालिका–९ का २१ वर्षीय सुशान्त भण्डारीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यलय खैरहनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image