
हेटौंडा । हेटौंडा-१५ रातमाटेमा यात्रु बोकेको बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ।
आज शुक्रबार राति नारायणगढ बाट काँकडभिट्टा जादै गरेको ना ६ ख ७६९ नम्बरको बसले पथलैयाबाट आउदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा हेटौंडा-१५ बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा-३ बस्ने २२ बर्षीय सुशान्त दियाली रहेको जनाइएको छ । दुवैजनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका छ । ठक्कर दिने बस तथा चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको छ।


सेयर गर्नुहोस्