हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० भुटनदेविरोडमा फरक तरिकाले फूल रोपिएको छ । उपमहानगरपालिकाले पहिले पक्की सडक निर्माण गरेर पेटी निर्माण गर्दै गमला सहितका फूलका बिरुवा रोपिएको मेयर हरि बहादुर महतले वताउनुभयो ।
यस सडकमा सडक पेटीमा स्ट्याण्ड र त्यसमा हरेकमा दुइवटा गमला दुइतिर झुण्डाएर थरीथरीका फूलका विरुवा रोपिएको उहाँले वताउनुभयो । पहिलेको साघुरो सडकलाई फराकिलो पार्दै पेटी समेत निर्माण गरेर इष्ट्याण्डमा गमला राखेर त्यसमा फूल रोपेर सजाइएको मेयर महतले वताउनुभयो ।
हेटौंडा बजारका अरु सडक पेटीमा भने कतै गमलासहित फूल रोपिएको छ भने कतै सडक पेटीमा फूल रोपिएको छ । यस क्षेत्रमा भने अली फरक तरिकाले फूल रोपिएको उहाँले वताउनुभयो । अहिले भने यस सडकको गमलामा फूलका विरुवा पनि हुर्कदै छ भने नेपालको झण्डा पनि फरफराएको देख्न सकिन्छ ।
फरक तरिकाले फूल हुर्कदै गर्दा सडकको सौन्दर्यमा पनि राम्रो देखिएको प्रतक्षदर्शीहरु वताउँछन् । पहिले वर्षायाममा हिलो हुने र हिउँदमा छारो धुलोको साघुरो सडक भएपनि अहिले सडकको रुपनै फेरीएकोमा स्थानीय वासिन्दाले उपमहानगरपालिकालाई धन्यवाद समेत दिएका छन् ।