गायिका मञ्जु पौडेललाई मातृशोक

हेटौंडा टुडे
७ कार्तिक २०७८, आईतवार ०९:१९

हेटौँडा/ गायिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार ६५ वर्षको उमेरमा गुल्मीमा निधन भएको हो ।

परिवारका अनुसार केहि समय यता क्यान्सरबाट ग्रसित भगवतीलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएपछि कार्तिक ४ गते गुल्मी लगिएको थियो ।

भगवतीका तीन छोरी विमला गौतम, मञ्जु पौडेल र इन्दु खनाल तथा दुई छोरा सुरेश ज्ञवाली र गणेश ज्ञवाली छन् ।

गायिका मञ्जुले फेसबुकमार्फत आमाको निधनको जानकारी दिएकी छन् । ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा । आखिर हामीले हार्‍यौं । हाम्रो परिवारले आदर्श, मेरुदण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनुभएन । आमा १ हजुरको आत्माले शान्ति पाओस्’, उनले लेखेकी छन् ।

भगवतीको शनिबार नै गुल्मीको रिडीमा अन्तिम संस्कार गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*