मनहरीमा १७ बर्षिय नानुमाया झुन्डिएको अबस्थामा फेला

हेटौंडा टुडे
२५ कार्तिक २०७८, बिहीबार ०८:०१

हेटौंडा। मनहरी गाउँपालिकामा बिहीबार (आज) बिहान एक जना झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको छ  । घर नजिकै चुवाको रुखमा मनहरी गाउपालिका वडा नम्बर २ च्यापल बस्ने १७ वार्षिय नानू माया मोक्तान झुन्डिएको अबस्थामा फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनु भयो ।

घटना थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भईरहेको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image