हेटौंडा-११ मा ट्रक र बस ठोक्किँदा मृत्यु भएका दुई जनाको पहिचान खुल्यो

हेटौंडा टुडे
२५ कार्तिक २०७८, बिहीबार १२:४६

हेटौँडा/ बुधबार पुर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा ११ नवलपुरमा यात्रु बहाक बस र ट्रक एक आपसमा ठोक्किदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।

जनकपुरबाट हेटौंडा हुँदै काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ८७६ नंबरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ ०३००१ ख ५०३५ नंबरको खाली ट्रक एक आपसमा ठक्कर खादा बसमा सवार दुई जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा बस चालक चन्द्रागिरी नगरपालिका वडा नम्वर २ बस्ने २९ वर्षीय सरोज परियार र सो बसमा सवार धनुषाको औरही गाउँपालिका वडा नम्वर ३ बस्ने २४ वर्षीय सोभित सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको आफन्तहरुले सनाखत पनि गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image